दिगो विकास निर्माणको पक्षमा {In Favor of Sustainable Development Construction}
विकासबाट विकास निर्माणमा हामी प्रवेश गरेका छौं । यसले भौतिक पूर्वाधार विकासलाई जनाएता पनि यससँग समग्र विकासका कुराहरु पनि पर्ने गर्दछन् । यसबाट अत्यधिक रोजगारी सृजना हुने गरेको छ भने आर्थिक वृद्दिमा यसको भूमिका महत्वपूर्ण मान्नु पर्छ । तथ्यागं र अध्ययनहरुले चीन, पूर्बि एशिया,अरब र भारतको पूर्वाधार विकासले उच्च आर्थिक वृद्दि दिन सफल देखिन्छन् । जसका कारण अन्य क्षेत्रमा लगानी गर्न यसले मद्त गने गर्दछ । यद्यपि विकास निर्माणमा आउने चनौतिहरुको सही ढंगले सामाना गर्न नसक्दा व्यवभार बढने सम्भाना रहन्छ । विकास निर्माणका कारण कृषि उत्पादन तथा अन्य ब्यापार व्यवसाय गर्न सहज हुने गर्दछ । यसले बजारसँग जोड्न मद्त गर्ने भएकोले पनि विकास निर्माणलाई दिगो रुपमा विकास गर्न आवश्यक र अपरिहार्य छ ।