
Journey for Sustainable Development and Peace Journal has been Published with its first Volume. Thanks to all Contributors and helping hands.
दीगो विकासको अवधारणामा केन्द्रित भएर अग्रेजी र नेपालीमा भाषा लेखिएको खोजमूलक दीगो विकास तथा शान्ति यात्रा नामक जर्नल सार्वजनिक भएको छ ।
२०७९ माघ १३ शुक्रवार पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री तथा अर्थशास्त्री केशवमान शाक्य, संस्कृतिविद् प्रेम खत्री, उर्जाविज्ञ रामजी भण्डारी, राजनीतिक विश्लेषक तथा लेखक दिपक चौधरी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झा र पोषणविद् कविता महर्जनले उक्त जर्नल पत्रिका सार्वजनिक गरेका हुन ।
जर्नलमा ६ वटा समसामयिक दिगो विकास सम्बन्धी अनुसन्धनात्मक लेखहरु समावेश गरिएको छ भने पुस्तक समिक्षाको रुपमा दिगो विकास सम्बन्धी दुई पुस्तकहरुको संक्षिप्त समीक्षा गरिएको छ ।
दीगो विकास तथा शान्ति यात्रा नामक गैह््र नाफामूलक संस्थाले प्रकाशित गरेको उक्त जर्नलको प्रमुख सम्पादक दिपक चौधरीले गरेका छन् ।
उक्त बिमोचन कार्यक्रममा नेपालमा दिगो विकासको महत्व र चुनौतिहरु बारे छलफल भएको थियो । यस्ता छलफलहरु तल्लो तहसम्म लानु पर्नेमा सबै विज्ञहरुले जोड दिएका थिए ।