मानिसहरुको विभिन्न रोगहरुको उपचारमा पोषणको महत्व र व्यवस्थापन सम्बन्धी पुस्तक सार्वजनिक भएको छ । यही भदौ २९ बुधबार वरिष्ठ क्यान्सर विज्ञ तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. सुदिप श्रेष्ठ, लेखक तथा विकासविद् दिपक चौधरी, षोषणविद् लेखिका कविता महर्जन, शान्ति यात्राका सल्लाहाकार राजनरिषी कडेँल र कविता महर्जनको वुवाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नु भएको छ । “पोषण व्यस्थापन र यसको महत्व”मा विभिन्न रोगहरुको उपचारमा पोषणको महत्व तथा व्यवस्थापनलाई सचित्र नियाल्ने प्रयास गरिएको छ । दिगो विकास तथा शान्ति यात्राले यो पुस्तक प्रकाशित गर्नमा सघाँएको हो ।
From: Onlinekhabar & Shilapatra