
भोटेकोशी बाढीपीडितका लागि विभिन्न दिगो विकास तथा शान्ति यात्रा (Journey for Sustainable Development and Peace) ले मिति २०८३/०५/२२का दिन भोटेकोशी बाढी प्रभावित परिवारलाई ५०/५० थान राहत प्याकेज त्रिशुलीको देशीघाटमा वितरण गरेको छ । उक्त राहत प्याकेजमा प्राथमिक उपचार सामग्री, सेनेटरी प्याड, खाद्यान्न, ड्राईफुट, कपडा, तथा शैक्षिक सामग्रीहरु समावेश थिए। उक्त राहत सामाग्रीहरु स्वेच्छाले बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट प्राप्त भएको थियो । .
उक्त राहत वितरण संस्थाका सल्लाहाकार लेखक तथा समाजसेवी डा. दीपक चौधरी, अध्यक्ष पोषणविद् डा. कविता महर्जन, उद्यमशील आशिष क्षेष्ठ र सुव्रत बुढाथोकीको सहभागितामा भएको थियो । साथै केही कपडा, सेनेटेरी प्याड र खानेपानी राहात सामाग्री श्री चन्द्र ज्योति मावि र आयुरवेद नेपाल होल्डिगं सेन्टरलाई प्रदान गरिएको थियो ।
दिगो विकास तथा शान्ति यात्रा अनुसन्धान तथा समाजसेवा कार्यमा संलग्न रहदै आएको छ ।